‘एमसीसीमा अमेरिकी सुरक्षा नीति विपरीत काम गर्न नपाइने उल्लेख छ’

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अहिलेको अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा खनालले एमसीसीमा रहेका राष्ट्रघाती विषयलाई नसच्चाएसम्म यसलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

अमेरिकी सुरक्षा नीति विपरीतको काम गर्न नपाइने विषय सम्झौतामा उल्लेख भएको उनको भनाइ छ । खनालले समाजवादीको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुपर्ने भन्दै उनले वैदेशिक हस्तक्षेपविरुद्ध लड्नुपर्ने धारणा राखे ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि एमसिसी परियोजना यथास्थितिमा पारित गरेर अघि बढ्न नसक्ने स्पष्ट पारे । एमसिसी अनुमोदन हुँदैगर्दा आफ्नो पार्टीबाट कोही सांसदले बहिष्कार गरे आफू त्यसको विरुद्धमा उत्रिने उनले बताए । उनले एमसीसी पारित गराउन धम्की आएको पनि बताए ।

कार्यक्रममा अन्य नेताहरूले एमसीसी मुलुकको हित विपरीत रहेको भन्दै यसबिरुद्ध खबरदारी गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *