‘अमेरिकाले भियतनामबाट पाठ सिकेन’

इस्लामावाद । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले ‘विगतबाट पाठ नसिकेको’ र ‘अर्को जालमा फसेको’ भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । ‘मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन ।’ अल्वीले भने ।

राष्ट्रपति अल्वीको यो टिप्पणी जारी युक्रेन द्वन्द्वको बीचमा आएको हो । केही समयअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्को भ्रमण गरेका थिए । यद्यपि विश्लेषकहरूले यो भ्रमणलाई ‘असान्दर्भिक’ र ‘मूर्खतापूर्ण’ भएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =