इतिहासमै पहिलोपटक समूह विभाजन गरेर खेलाइँदै आईपीएल

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटआगामी मार्च २६ देखि २९ मे सम्म  हुने भएको छ । प्रतियोगिताको इतिहासमै पहिलो पटक दुई समूहमा विभाजना गरेर खेलाइने भएको छ । आईपीएल गभर्निङ काउन्सिलले प्रतियोगिताको मिति तय गर्दै आयोजनाको फर्म्याटको बारेमा जानकारी दिएको छ ।

प्रतियोगिताका समूहचरणका सबै ७० खेल महाराष्ट्रमा खेलाइने छ । जसमा ५५ खेल मुम्बईमा र १५ खेल पुणेमा हुनेछन् । मुम्बईस्थित वानखडे स्टेडियम र डो डिवाइन पाटिल स्टेडियममा २०-२० खेल र दा ब्रेबोर्न स्टेडियममा १५ खेल खेलाइने छ । बाँकी १५ खेल पुणेस्थित एमसीए अन्तराष्ट्रिय स्टेडियममा खेलाइने आयोजकले जनाएको छ ।

दुई समूहमा समान ५-५ टीम बनाएर प्रतियोगिता गर्न लागिएको हो । समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट रहँदा समूह ‘बी’ मा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स र गुजरात टाइटन्स रहेका छन् ।

सबै टीमले लिगचरणमा १४-१४ खेल खेल्नेछन् । सबै टीमले आफ्नो समूहको टीमसँग २-२ खेल खेल्दा दोस्रो समूहको टीमसँग भने १-१ खेल खेल्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *