संकटा जावलाखेलसँग रोकियो, थ्रीस्टारले इन्जुरी समयमा हार टार्‍यो

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार भएका दुबै खेल १-१ गोलको बराबरीमा सकिएका छन् । अन्तिम चरण अन्तर्गत दशरथ रंगशालामा जावलाखेल र संकटाले १-१ गोलको बराबरी खेल्दै लिगको अन्त्य गरे ।

१४ औँ मिनेटमा अंनगुना जुनियरले काउन्टर याट्याकमा लगेको बललाई मिलाएको पासमा सुनिल खड्काले आकर्षक गोल गरेका थिए । तर, ६१ औँ मिनेटमा सुवास गुरुङको कर्नरलाई उतम राइले हेड गर्दै खेल बराबरीमा ल्याए ।

बराबरी पछि १३ खेलबाट संकटा १६ अंकका साथमा ७ औं स्थानमा रहँदा जावलाखेल समान खेलबाट १४ अंकका साथ १० औँ स्थानमा रहेर लिगको अन्त गर्न सफल भयो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्री स्टारले रेलिगेशनमा परेको ब्रिगेड ब्वाइजसँग इन्जुरी समयमा १-१ गोलको बराबरी गर्यो । ब्रिगेड ब्वाइज जित नजिक पुगेर पनि बराबरीमा रोकियो । इन्जुरी समयको पाँचौँ मिनेटमा थ्री स्टारले हार टार्यो ।

खेलमा ब्रिगेडले ५६ औँ मिनेटमा पासाङ तामाङको गोलमार्फत अग्रता लिए । गोलरक्षकले दिएको लामो पासलाई ‘अपसाइड बिट’ गर्दै पासाङले गोल गरे । हारोन्मुख रहेको थ्री स्टारका डोना थापाले गोल गर्दै टिमलाई राहत दिलाए । बराबरी पछि थ्री स्टार १९ अंकका साथ छैटौँ स्थानमा कायम रहेको छ । ब्रिगेड भने ८ अंक रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *