माओवादीनिकट जनवर्गीय संगठनद्वारा एमसीसी विराेधमा शान्तिपूर्ण प्रदर्शन (तस्वीर)

काठमाडाैँ । माओवादी केन्द्रनिकट जनवर्गीय संगठनहरूले एमसीसीको विरोधमा शुक्रवार पनि प्रदर्शन जारी राखेका छन् । माओवादीनिकट वाइसीएल, अखिल क्रान्तिकारी लगायत संगठनहरूले प्रदर्शन गरेका हुन् ।

बानेश्वरमा भएकाे प्रदर्शन शान्तिपूर्ण रूपमा अघि बढेकाे थियाे । केही समय नारा जुलुस गरेसँगै प्रदर्शनकारीहरूले प्रदर्शन स्थगित गरेका थिए ।

त्यस्तै, शुक्रवार बानेश्वरमै साना कम्युनिस्ट घटकहरूले एमसीसीकाे विपक्षमा प्रदर्शन गरेका छन् । प्रदर्शन शान्तिपूर्ण देखिएकाे छ ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *