वैदेशिक रोजगारीमा जानेको पीसीआर परीक्षण निःशुल्क

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । शुक्रबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णयमार्फत निःशुल्क पिसीआर परीक्षणको व्यवस्था भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए ।

संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

अबदेखि सरकारी मातहतमा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल,  वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरूका लागि निःशुल्क पिसीआर परीक्षण गरिने छ।  यद्यपि निःशुल्क पीसीआर परीक्षणका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेस गर्नुपर्ने मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *