माओवादीकाे निष्कर्ष- गठबन्धन जाेगाउन अन्तिम प्रयास गर्नुपर्छ

काठमाडाैँ । माओवादी केन्द्रले सत्ता गठबन्धन जाेगाउन अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेकाे छ । शुक्रबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा बसेकाे बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे । प्रचण्ड सचिवालयले भनेका छ— ‘एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भयो ।’

माओवादीले गठबन्धन जाेगाउने प्रयास गर्दा एमसीसीबारेकाे पार्टीकाे पूर्ववत् अडान भने नभत्किने बताएकाे छ । अर्थात् माओवादीले एमसीसीकाे पक्षमा मतदान गर्ने छैन । यसअघि नै विपक्षमा मतदान गर्ने नीतिगत निर्णय गरिसकेकाे माओवादीले अब साेही अडानमै रहेर गठबन्धन जाेगाउने अन्तिम प्रयास गर्ने भएकाे हाे ।

गत फागुन ८ गते संसद्‌मा पेश भइसकेकाे एमसीसीबारे बिहीबारबाट छलफल प्रारम्भ हुने भनिएकाे थियाे । तर, बैठक स्थगित भएपछि छलफल हुन सकेन । यसपछि शुक्रबार [आज] दिउँसाे १ बजेसम्मका लागि स्थगित भएकाे बैठक पनि पुन: स्थगित भएकाे छ । अब बैठक १५ गते मात्रै बस्ने संघीय संसद् सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =