स्थानीय चुनावका लागि दल दर्ता गराउन आयोग जाँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आज निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचन प्रयोजनका लागि एमालेले आज दल दर्ता गराउने भएको हो ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालकाअनुसार दल दर्ताका लागि एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाने भएको छ । सरकारले वैशाख ३० गतेका लागि स्थानीय निर्वाचनको घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =