युक्रेनको राजधानी किएभमा कैयौँ विस्फोट
२०७८ फागुन १३ गते

काठमाडौँ । रुसी आक्रमणबीच युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट भएका खबर आइरहेका छन् । सीएनएनको एउटा टोलीकाअनुसार शुक्रबार सखारै मध्य किएभमा दुईवटा ठूलो विस्फोट र त्यहाँबाट अलि पर तेस्रो विस्फोट भएको सुनिएको थियो।
आन्तरिक मामिलासम्बन्धी पूर्वउपमन्त्री एन्टोन हेराश्चेन्कोलाई उद्धृत गर्दै युक्रेनी समाचार संस्था युनियानले जनाएअनुसार दुईवटा विस्फोट भएको सुनिएको थियो । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको उनले बताए । युक्रेनी सेनाले त्यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन । बीबीसी
२०७८ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








