देउवाले खोजे ओलीको साथ : फुटको संघारमा सत्ता गठबन्धन

काठमाडौँ। अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधान मन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् ।

सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै एमसीसी पारित गर्न प्रधान मन्त्री देउवाले एमाले साथ खोजेका हुन्।

संसद्मा पेस भएको एमसीसी सम्झौता पारित गराउनुपर्ने दबाबमा रहेका उनले एमालेको साथ लिएर अगाडि बढ्ने गरी छलफल थाल्नुभएको छ । प्रधान मन्त्री देउवाले एमालेसँग पटक–पटक वार्ता गर्दै आएका छन् ।

एमसीसी परियोजनाले यही फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गर्न दबाब दिँदै आएको छ । उक्त दबाबसँगै प्रधान मन्त्री देउवा सत्ता गठबन्धन टुटाएर भए पनि एमालेको साथ लिएर एमसीसी अनुमोदन गराउने आन्तरिक गृहकार्यमा जुटेएका छन् ।

बिहीबार प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधान मन्त्री देउवाले गरेकाे छलफलमा आ–आफ्नै अडान कायमै राखेपछि काँग्रेस एमालेसँग प्याकेजमै सहमति गर्न तयार देखिएको छ । संसद् भवन नयाँ बानेश्वरमा एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधान मन्त्री देउवा स्वयम् गएका थिए ।

भेटमा प्रधान मन्त्री देउवाले प्रचण्ड र नेपालबाट एमसीसी पारित गर्न असहयोग भएकाले एमालेसँग सहकार्य गरी अघि बढ्न आफ्नो पार्टी तयार रहेको प्रस्ताव राखेका थिए ।

जवाफमा एमालेका नेताहरुले एमसीसीको विषयमा संसद्मा संवाद हुने वातावरण सिर्जना गर्न सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव लगाउनुपर्ने सर्त अगाडि सारेको थियो ।

उक्त प्रस्तावको बारेमा प्रधान मन्त्री देउवाले आफू सबै विकल्पमा सहमति गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको भेटमा सहभागी एक नेताले बताए । नेपाल समाचारपत्र दैनिकबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =