सानिमा बैंक अब गोरखाको शक्तिचोकमा

काठमाडौँ । सानिमा बैंकले मितिे गोरखाको शक्तिचोकमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले बहिबार नयाँ शाखा विस्तार गरेको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।

मह जोडीले समुद्घाटन् समारोहमा निरन्तर विस्तार तथा थप सफलताका लागि बैंकलाई शुभकामना दिए । त्यसैगरी गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सहज रुपमा सबैको पहुँच पुग्ने गरी सेवा प्रदान गर्न सुझाव दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका धन्यवाद दिए । सानिमा बैंक देशका सातै प्रदेशमा १२३ कार्यालय १०३ वटा एटिएम सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *