देउवा-ओलीबीच दाेस्राे चरणकाे छलफल शुरू

काठमाडौँ । एमसीसीका कारण सत्तारुढ गठबन्धन फुटको डिलैमा पुगेपछि दुई ठूला दल एमाले र कांग्रेसले छलफल तीव्र पारेका छन् । बिहीबार दिउँसो भेट गरेका यी दुईका शीर्ष नेताहरू फेरि छलफलमा जुटेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेताहरूसहित प्रधान मन्त्री शेरबहादुर देउवासँग थप छलफलका लागि फेरि बालुवाटार पुगेका छन् । ओलीसँगै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ्ग पनि छन् । कांग्रेसका महाममन्त्री गगनकुमार थापासहितका नेताहरू पनि छलफलमा सहभाागी हुनेछन् ।

आजै दिउँसो प्रधान मन्त्री देउवा र अध्यक्ष ओलीबीच एक्लाएक्लै र नेताहरूसहित समूहमा छलफल भएको थियो । त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =