राष्ट्र उत्थान लघुवित्तको सेयर बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ। राष्ट्र उत्थान लघुवित्तको प्राथमिक सेयर (आईपीओ)को बिहीबार बाँडफाँट भएको छ । कम्पनीको सेयरमा झण्डै २६ लाख जनाले खरिदका लागि आवेदन हालेका थिए । तर, गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जना भाग्यशाली आवेदकले १०÷१० कित्ताका दरले सेयर पाएका छन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । ती आवेदनबाट कुल २ करोड ९४ लाख ६७ हजार २१० कित्ता सेयर खरिदका लागि माग भएको थियो ।

कुल आवेदनमध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्ध भएको एनआईबिएल एस क्यापिटलले जनाएको छ। बाँकी २५ लाख ७९ हजार ४०२ जना योग्य आवेदकबाट दुई करोड ९३ लाख ९७ हजार ६८० कित्ता माग भएको हो।

राष्ट्र उत्थान लघुवित्तले गत फागुन ४ देखि फागुन ८ सम्म जारी पुँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो।

लघुवित्तले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो।

बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिएका हुन् । सोहि बराबर कित्ता योग्य आवेदकहरुमा बाँडफाँट भएको हो । सेयर बाँडफाँटकाे नतिजा सीडीएससी एन्ड क्लियरिङकाे वेवसाइट तथा बिक्री प्रबन्धककाे वेवसाइटबाट हेर्न सकिने जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *