टी-ट्वेन्टी विश्वकप छनोटमा नेपाल तेस्रो, ओमान ९ विकेटले पराजित


काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगितामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा ओमानलाई  ९ विकेटले हराउँदै नेपाल तेस्रो भएको हो । ८८ रनको सामान्य लक्ष्य नेपालले १७ औँ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
नेपाललाई जिताउन ओपनर कुशल भुर्तेलले नटआउट ५५ र आरिफ शेखले नटआउट २१ रन बनाए ।

करियरको पाँचाैँ अर्धशतक प्रहार गर्ने क्रममा कुशलले ५३ बलमा ३ चाैका र २ छक्का प्रहार गरे । अर्का ओपनर आसिफ शेख भने आज पनि चल्न सकेनन् । उनी १३ रनमा आउट भए ।

टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो ।

नेपालका कप्तान सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी, अबिनास बोहोरा, सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिए ।
सन्दीपले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए ।

ओमानका जिसन मक्सुद, आयान खान, निसम खुशी र कलिमुल्लाहले मात्र दोहोरो अंकमा रन जोड्न सके । प्रतियोगिताको सेमिफाइनलमा पराजित भएसँगै नेपाल विश्वकपमा भने छनोट हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *