ओमानद्वारा नेपाललाई ८८ रनको लक्ष्य

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोट अन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो ।

नेपालका कप्तान सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी, अबिनास बोहोरा, सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिए ।
सन्दीपले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए ।

ओमानका जिसन मक्सुद, आयान खान, निसम खुशी र कलिमुल्लाहले मात्र दोहोरो अंकमा रन जोड्न सके । प्रतियोगिताको सेमिफाइनलमा पराजित भएसँगै नेपाल विश्वकपमा भने छनोट हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *