ओमानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेट छनोट अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमान खेलिरहेका छन् ।

ओमानले टस जितेर ब्याटिङ रोजेपछि पहिले फिल्डिङ गरिरहेको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । ९ ओभरको खेल सकिँदा ओमानले मात्र २८ रन जोड्न सकेको छ । र नेपाले ओमानका ४ विकेट लिएको छ ।

दोस्रो ओभरमै पहिलो विकेट लिएको नेपालले चौथो, पाँचौ र आठौँ ओभरमा थप विकेट लिएको छ । नेपालका कमलसिंह ऐरी, सन्दीप लामिछाने र अबिनास बोहोराले एक एक विकेट लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *