सेयर बजारमा ५८ अंकको गिरावट, कारोबार भने ४ अर्बमाथि

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा भारी गिरावट आएको छ ।

यस दिन सेयर बजार परिसूचक(नेप्से) ५८.९९ अंकले घटेर २६६१.४४ बिन्दुमा ओर्लिएको हो । यस दिन सेन्सेटिभ इन्डेक्स सेमेट १०.३६ को दोहोरो अंकले घटेर ५०७.५८ बिन्दुमा आइपुगेको हो ।

यस दिन कुल २२९ कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता सेयर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १ सय ९२ रुपैयाँमा कारोबार भयो ।

यस दिन सबै कम्पनीका समूहगत परिसूचक राताम्य भएका छन् ।

यस दिन हिमालयन जनरल इन्स्योरेन्स, शिव श्री हाइड्रोपावर, प्रिमियर इन्स्योरेन्सलगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

युनिभर्सल पावर, न्यादी हाइड्रोपावरलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *