देउवालगत्तै प्रचण्ड पुगे ओलीकहाँ, गठबन्धन फुटकाे डिलमा

काठमाडाैँ । सत्ता गठबन्धनकाे एक घटक माओवादी केन्द्र र प्रतिपक्ष दल एमालेका शीर्ष नेताहरूबीच भेटवार्ता भएकाे छ । नेताहरूबीच संसद् भवनस्थित एमाले संसदीय दलकाे हलमा भेटवार्ता भइरहेकाे हाे ।

वार्तामा एमालेकाे तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल र उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ्ग र विष्णुप्रसाद पाैडेल छन् भने माओवादीकाे तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ छन् ।

नेताहरूबीच एमसीसीले निम्त्याएकाे राजनीतिक संकट र त्यसकाे समाधानका बारेमा छलफल भइरहेकाे एमालेका एक नेताले बताए । ती नेताकाअनुसार छलफलमा पुन: वामपन्थी शक्ति एक बनेर जानेसम्मकाे वार्ता हुन सक्नेछ ।

यसअघि ओलीलाई भेट्न प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर साेही हलमा पुगेका थिए । देउवा वार्ता गरेर निस्कनासाथ प्रचण्ड वार्ताका लागि पुगेका हुन् । एमाले-कांग्रेसबीच साँझ ७ बजे निर्णायक वार्ता हुने छ ।

यससँगै पाँचदलीय गठबन्धन फुटकाे डिलमा पुगेकाे छ । सम्बद्ध दलहरूले गठबन्धन माया मारिसकेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भनेका छन्— ‘याे गठबन्धनकाे अब कुनै औचित्य रहेन । अब गठबन्धन रहिरहने अवस्था भएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eighteen =