दश तस्बिरमा नयाँ बानेश्वरको दृश्य

काठमाडौँ । विभिन्न राजनीतिक दल निकट भ्रातृ संगठनहरूले आज संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन चर्काउन सक्ने भन्दै प्रहरीले सुरक्षा बढाएको छ ।

प्रदर्शनकारीबाट हुन सक्ने अराजक गतिविधि रोक्न मीनभवनदेखि माइतीघरसम्म ठूलो सङ्ख्यामा प्रहरी खटाइएको छ । प्रदर्शनलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले बानेश्वरमा दुई हजार ४ सय बढी प्रहरी परिचालन गरेको हो ।

महानगरीय प्रहरी परिसरबाट १२ सय प्रहरी परिचालन गरिएको छ । संसदमा आज एमसीसीबारे छलफल हुने भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका भ्रातृ संगठनले आन्दोलन चर्काउने बताएका छन् ।

सोही अवस्थालाई मध्यनजर राखेर प्रहरी सुरक्षा व्यवस्था बढाइएको हो । संसद् भवनअगाडि र बानेश्वर चोकमा सशस्त्र प्रहरी खटाइएको छ । संसद् भवनको बाहिरपट्टि पर्खालमा तारजाली थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =