रुसको सुरक्षामा सम्झौता हुन सक्तैन : पूटिन

मस्काे । राष्ट्रपति भ्लादिमिर पूटिनले रूसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।

यूक्रेनतर्फको सीमामा थप रुसी फौजहरू भेला भएको भन्दै यूक्रेनसहित उसका पश्चिमा सहयागी मुलुकहरूले बेला पूटिनले भिडिओ सम्बोधनमार्फत् देशको सुरक्षा र स्वार्थ विपरीत सम्झौता गर्न नसकिने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचर निकायको गोप्य सूचनालाई आधार बनाएर ‘रुसले हमलाको सुरुवात’ गरिसकेको भन्दै मस्कोलाई थप प्रतिबन्धको चेतावनी दिएको केही घण्टामा पूटिनको पछिल्लो प्रतिक्रिया आएको हो ।

पूटिनले रुस सधैँ ‘सिधा र खुलस्त संवादका लागि तयार रहेको’ बताएका छन् । सेनामा पूर्ण विश्वास रहेको कुरासमेत आफ्नो सम्बोधनमा उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =