गरिमा विकास बैंक र बजेट पसल डटकमबीच छुट सम्झौता

काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकले ई–कमर्श साइट बजेट पसल डटकमबाट सामान किन्दा विशेष छुट पाउने भएका छन् ।

बैंक र उक्त ईकमर्श कम्पनीबीच उक्त छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार बैंकले ई–कमर्श साइट बजेट पसल डटकमसँग सामान खरिदमा ५ प्रतिशत छुटका लागि सम्झौता गरेको हो ।

सम्झौता अनुसार उक्त बैंकका ग्राहकले बजेट पसल डटकमको अनलाइनबाट ३ हजारभन्दा माथिका दैनिक उपभोग्य तथा इलेक्ट्रोनिक्स सामान किन्दा बैंकको मोबाइल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्दा छुट पाउने छन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाईल बैकिङ, इन्टरनेट बंैकिङ, क्यूआर कोड, अनलाइन खाता खोल्ने, स्मार्ट टेलर लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *