काठमाडौँका ए-डिभिजन क्लबलाई महानगरकाे सहयाेग

काठमाडाैँ । काठमाडाैँ महनगरपालिकाले काठमाडाैँका ए डिभिजन क्लबलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

पछिल्लो दुई वर्षदेखि महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका ए डिभिजन क्लबलाई १०–१० लाख रुपैयाँ सहयोग गर्दै आएको छ । जसलाई निरन्तरता दिँदै काठमाडाैँका पाँच क्लबलाई १०–१० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

महानगरले संकटा क्लब, मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा, न्युरोड टिम एनआरटी र मच्छिन्द्र क्लबलाई रकम हस्तान्तरण गरेको हो ।अघिल्लो सिजनमा काठमाडाैँमा रहेका ६ क्लबलाई महानगरपालिकाले रकम दिएको थियो । तर सरस्वती क्लब-बी डिभिजनमा झरेपछि यो पटक पाँच क्लबले सो रकम पाएका हुन् ।

कार्यक्रममा काठमाडाैँ महानगरका मेयर बिद्यासुन्दर शाक्यले फुटबल क्षेत्रलाई प्रोत्साहन गर्नका लागि महानगरले सहयोग गरेको बताए ।

त्यस्तै, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लबहरूको खर्च बढ्दै गएको र लिग महँगाे हुँदै गएको अवस्थामा महानगरको योगदानले क्लबहरूलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालको फिफा बरियतामा सुधार हुँदै गएको भन्दै आगामी दिनमा यसलाई सुधार गर्न प्रयास गर्ने धारणा राखे ।

महानगरले चाँडै बी र सी डिभिजनका क्लबलाई पनि सहयोग गर्ने भएको छ । अहिले यसका लागि कागजी प्रक्रिया अगाडी बढाइएको महानगरले जनाएको छ । जसमा बी-डिभिजनका क्लबलाई पाँच लाख र सी डिभिजनकालाई दुई लाख रुपैयाँ दिने महानगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *