नेपाली खेलाडीको वरीयता सुधार, कुशलकाे वरीयता हालसम्मकै उच्च

काठमाडौँ । नेपाली ब्याट्सम्यान कुशल भुर्तेल र बलर सन्दीप लामिछानेले आईसीसी टी-ट्वेन्टीको वरीयतामा आ-आफ्नो स्थान सुधार गरेका छन् ।

कुशलले ९ स्थान सुधार गर्दै नेपाली खेलाडीको अहिलेसम्कै शीर्ष वरीयतामा पुगेका छन् । उनी नयाँ वरीयता अनुसार ३९ औँ स्थानमा पुगेका छन् । ओमानमा जारी पुरुष टी-ट्वेन्टी विश्वकप छनोटमा कुशलले छनोटमा फिलिपिन्ससँग नटआउट १०४ रनको इनिङ खेलेका थिए ।

यस्तै, दिपेन्द्रसिंह ऐरीले  पनि वरीयतामा ३ स्थान सुधार गर्दै ५० औं स्थानमा उक्लिएका छन् । दिपेन्द्रले चारदेशीय सिरिजमा २ सय ७० रन बनाएका थिए ।

कप्तान सन्दीप लामिछानेले पनि बलिङतर्फको वरीयतामा छलाङ मारेका छन् । सन्दीप वरीयताको ४३ औँ स्थानमा उक्लिएका छन् । उनले बलर कागिसो राबाडा, प्याट कमिन्स जस्ता स्टार बलरलाई पछि पारेका छन् ।

त्यसैगरी, अविनाश बोहराले १२ स्थान सुधार गर्दै ८६ औँ स्थानमा चढेका छन् ।

ओमान भ्रमणका क्रममा नेपाले चारदेशीय टी-ट्वेन्टी सिरिज र विश्वकप छनोटका खेल खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *