नविल बैंकका ६ मुद्दती खातामा ग्राहकलाई हालसम्मकै उच्च लाभ

दैनिक निक्षेप राख्ने, मासिक ब्याज दिनेलगायत थुप्रै सुविधा

काठमाडौँ । नविल बैंकले ग्राहकलाई हालसम्मकै उच्च लाभ दिने गरी विभिन्न ६ प्रकारका मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले रेगुलर फिक्स्ड डिपोजिट, स्मार्ट फिक्स्ड डिपोजिट, क्युमुलेटिभ फिक्स्ड डिपोजिट, नविल एक्स्ट्रा फिक्स्ड डिपोजिट रिलोडेड, नविल रेमिट्यान्स फिक्स्ड डिपोजिट अकाउन्ट र नविल एनआरएन फिक्स्ड डिपोजिट अकाउन्ट सञ्चालनमा ल्याएको हो ।

ग्राहकलाई हालसम्मकै उच्च र आकर्षक सुविधा दिने गरी यी खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

कुन मुद्दती खातामा के के छन् सुविधा ?

रेगुलर फिक्स्ड डिपोजिट : यस मुद्दती खाता अन्तर्गत बैंकले ११.०३ प्रतितशत वार्षिक ब्याज प्रदान गर्ने जनाएको छ । त्यस्तै, यो खातामा राखिएको रकमको ब्याज भुक्तानी ३/३ महिनामा हुने छ । त्यस्तै, मुद्दती खातामा राखिएको रकमको ९० प्रतिशत रकम ऋण लिन पाइने छ । अवधि पूरा भएपछि साँवा रकम ग्राहकको पहिलेकै अर्थात मूल खातामा फिर्ता आउने छ ।

स्मार्ट फिक्स्ड डिपोजिट : यो मुद्दती खाता योजना अन्तर्गत ११.०३ प्रतिशत ब्याज पाइने छ । त्यस्तै त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने, अनलाइनबाटै खाता खोल्न सकिने सुविधा छन् । मुद्दतीमा रहेको रकमको ९० प्रशितसम्म ऋण पाइने, खाताको अवधि पूरा भएपछि आफ्नो पहिलेकै खातामा साँवा फिर्ता हुने वा स्वतः खाता नविकरण गर्न सकिने विकल्प समेत रहेको बैंकले जनाएको छ ।

क्युमुलेटिभ फिक्स्ड डिपोजिट : यो मुद्दती खाता योजनाअन्तर्गत राखिने रकमको ९.०३ प्रतिशतका दरले ब्याज पाइने छ । न्यूनतम १० हजार रुपैयाँमा खाता खोल्ने सकिने यो खाताको अवधि १ वर्षको हुने छ । न्यूनतम रकमसहित खाता खोलिसकेपछि यस खाताको अवधि रहुन्जेल जुनसुकै समयमा जति जति रकम पनि डिपोजिट गर्न सकिने बैंकले जनाएको छ । ग्राहकले दैनिक रुपमा संकलन हुने मौज्दात रकमलाई समेत यो खातामा लगेर जम्मा गराउन सक्ने सुविधा रहेको छ । ब्याजको गणना भने प्रत्येक दिन खातामा रहने क्लोजिङ ब्यालेन्सका आधारमा हुने छ । याे खाताकाे रकमकाे ब्याज भुक्तानी त्रैमासिक रूपमा हुने छ ।

नविल एक्स्ट्रा फिक्स्ड डिपोजिट रिलोडेड : यो खातामा निक्षेप राख्दा ११.०३ प्रतिशत ब्याज पाइन्छ र प्रत्येक महिना ब्याज भुक्तानी पाइन्छ । निक्षेप रहेको रकमको ९० प्रतिशतसम्म ऋण पाइन्छ । र खाता परिपक्व भएपछि मुल खातामै रकम फिर्ता हुन्छ ।

नविल रेमिट्यान्स फिक्स्ड डिपोजिट अकाउन्ट : यो खातामा नेपाली रुपैयाँ जम्मा गर्नुपर्ने छ । यसमा १२.०३ प्रतिशत ब्याज पाइने छ । प्रत्येक त्रैमासमा ब्याज भुक्तानी गरिने छ । निक्षेप रहेको रकमको ९० प्रतिशतसम्म ऋण लिन पाइने छ ।

नविल एनआरएन फिक्स्ड डिपोजिट अकाउन्ट : यो खातामा अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र अष्ट्रेलियन डलरमा रकम जम्मा गर्न सकिने छ । यस अन्तर्गत अमेरिकी डलरमा रकम जम्मा गर्दा कम्तिमा ५ हजार डलर जम्मा गर्नुपर्छ । यसका लागि वार्षिक ५ प्रतिशत ब्याज पाइनेछ ।

त्यस्तै, पाउन्ड स्टर्लिङ र अष्ट्रेलियन डलरमा रकम जम्मा गर्दा खातामा न्यूनतम रकम अमेरिकी डलर ५ हजार बजारबर नै हुनुपर्छ । यी दुई मुद्रा मुद्धती खातामा निक्षेप राख्दा वार्षिक ३ प्रतिशतका दरले ब्याज पाइने छ । यसमा पनि निक्षेप रहेको रकममा ९० प्रतिशतसम्म ऋण पाइने छ । तर, यो खाता खोल्न भने गैरआवसीय नेपालीको परिचय पत्र (एनआरएन कार्ड) अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *