कांग्रेसले एमसीसी पास गर्न सबै विकल्प अपनाउँछ : नेता विश्वकर्मा

काठमाडाैँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले एमसीसी पास गराउनको लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले एमसीसीलाई लिएर राष्ट्रिय राजनीति नै गिजोल्न नहुने पनि बताए । एमसीसी देशको हितमा भएको उल्लेख गर्दै सवै दल एकमत भएर यसलाई पारित गर्नुपर्ने उनले बताए ।

साक्षात्कारमा एमाले नेता कर्णबहादुर थापाले एमसीसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणी गरे । अहिलेको सरकारले सदनमा पेश गरेका कुनैपनि विजनेशहरू सरकारमा सहभागी भएका दलहरू नै बढी जिम्मेवार हुने उनको भनाइ छ । उनले एमसीसीलाई लिएर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को भूमिकालाई लिएर कडा आपत्ति जनाए ।

त्यस्तै, माओवादी नेता सांसद झक्कु सुवेदीले अहिलेको सरकार विषम परिस्थितिमा बनेको भन्दै माओवादीले त्यत्तिकै सरकार नछोड्ने बताए । एमसीसीलाई लिएर आफूहरू र कांग्रेसको एजेण्डा नमिलेको पनि उनले धारणा राखे ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली युवा नेता केशब झाले आफ्नो पार्टी एमसीसीको पक्षमा शुरूदेखि नै रहेकोले एमसीसीको पक्षमा नै मत हाल्ने स्पष्ट पारे ।

झाले एमसीसी राष्ट्रको हितमा रहेको भन्दै पूर्वाधार क्षेत्रमा विकास हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + three =