एमसीसीकाे पक्षमा मतदान गर्ने लाेसपाकाे निर्णय

काठमाडाैँ । लाेकतान्त्रिक समाजवादी पार्टी [लाेसपा] ले एमसीसीकाे पक्षमा उभिने निर्णय गरेकाे छ । बुधबार बसेकाे संसदीय दलकाे बैठकले साे निर्णय गरेकाे सांसद चन्दा चाैधरीले बताइन् । ‘लाेसपा पहिल्यैदेखि नै एमसीसीकाे पक्षमै थियाे,’ सांसद चाैधरीले भनिन्— ‘त्यसैले आजकाे बैठकले पनि यस्तै निर्णय गरेकाे हाे ।’

प्रतिनिधि सभामा १३ सिट भएकाे लाेसपाले कांग्रेसलाई एमसीसी पारित गराउन सघाउने सांसद चाैधरीकाे भनाइ छ । ‘एमसीसी सरकारले गरेको सम्झौता हो । यसबाट पछाडि हट्दा देशको विश्वसनीयतामाथि प्रश्न उठ्छ । पहिला नै सम्झौता नगरेको भए एउटा कुरा हुन्थ्यो । सम्झौता गरिसकेपछि त्यसलाई असफल पार्नु हुँदैन भन्ने लोसपाको स्पष्ट धारणा छ। त्यसैले हामीले पक्षमा मतदान गर्छाैँ ।’

लाेसपाकाे याे निर्णयले एमसीसी पारित हुनैपर्छ भन्ने सरकारकाे नेतृत्वकर्ता कांग्रेसलाई राहत मिलेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =