एनसेलले ल्यायो ‘गज्जबको डेली जीबी प्याक’ र ‘क्यास ब्याक’ अफर

काठमाडौँ । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याक पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडका अनुसार गज्जबको डेली जीबी प्याक अन्तर्गत तीन विभिन्न प्याकमा रु २० देखि रु ६० सम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।

कम्पनीका अनुसार गजब्बको डेली जीबी प्याक अन्तर्गत क्यास ब्याक योजना सोमबार (फागुन ०९) देखि लागु भएको छ । यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेली जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् ।

७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले करसहित मात्र रु १६९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरी ग्राहकले करसहित मात्र रु २६९ मा ७ दिनको समयसिमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु ३० को क्यास ब्याकबाट फाइदा लिन सक्छन् ।

त्यस्तैगरी धेरै लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक १ जीबी डेटा प्याक करसहित मात्र रु. ५९९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु ६० बोनस क्यास ब्याक पाउँछन् ।

यस गज्जबको डेली जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ ।

गज्जबको डेलि जीबी डेटा प्याकमा क्यास ब्याक योजनाले डेटा बाहेक अन्य अन नेट सेवा प्रयोग गर्न पनि सहयोग हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *