नेशनल लाइफ इन्स्योरेन्सले मनायो ३५ औँ वार्षिकोत्सव

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको ३५ औँ वार्षिकोत्सव मनाएको छ । विभिन्न कार्यक्रम आयोजना गरी कम्पनीले वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले केन्द्रीय कार्यालय लाजिम्पाटमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा कम्पनीका ५० भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए ।

त्यस्तै, देशभरमा ३४ वटा वृद्ध आश्रममा खाना खुवाउने कार्यक्रम आयोजना गरिएको छ । यसैगरी कर्मचारी माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ । कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम गरिएन ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको छ ।

यही आर्थिक वर्षको मुनाफावाट कम्पनीले शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगिएको छ । कम्पनीको जीवन बीमा कोषमा रु. ५० अर्बको हाराहरीमा रकम जम्मा भएको छ ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ ।

कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रतिहजार ६४ रुपैयाँ देखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म दिएको लाभ दिएको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *