प्रतिक्रान्तिकारीहरूकाे जालाे चिरेर विजयी हुनेछाैँ : प्रचण्ड
२०७८ फागुन ११ गते

काठमाडाैँ । सत्ता गठबन्धनकाे एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तत: प्रतिक्रान्तिकारीहरू पराजित हुने बताएका छन् । एमसीसी संसद्मा पेश भइसकेकाे र राष्ट्रिय राजनीतिमा भाँडभैलाे मच्चिरहेकाे बेलामा प्रचण्डले आफ्नाे आधिकारिक फेसबूकमार्फत यस्ताे बताएका हुन् । प्रचण्डले साझेदार गरेकाे ग्राफिक्समा भनेका छन्— ‘विश्वमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता अल्ट्याउन भरमग्दूर काेसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेकाे छ । तर हामी ती प्रपञ्चकाे जालाे चिरेर विजयी हुनेछाैँ ।’
बिहीबार संसद् बैठक बस्दै छ । बैठकमा माओवादीकाे सहमतिबिना संसद्मा पेश भएकाे एमसीसीबारे छलफल हुने बताइएकाे छ । माओवादीले भने एमसीसीकाे विपक्षमा मतदान गर्ने नीतिगत निर्णय गरिसकेकाे छ ।
२०७८ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








