एनएमबि बैंकको नौलो बचत योजना ‘यु–वाह ! डिजी सेभिङ्स’

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘यु–वाह ! डिजी सेभिङ्स’ सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्नेछन् ।

एनएमबि बैंकले यो खाता अन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुको साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी यस योजना अन्तर्गत बैंकले, एनएमबि ओम्नी च्यानल बैंकिङ्ग, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप–अप) मा निःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर (एबीबीएस) र वार्षिक रु १ हजार २ सयसम्मको क्यास ब्याक योजना जस्ता आकर्षक लाभ पनि उपलब्ध गराउने छ ।

यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएकोे छ ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो ।

एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालले उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *