गायक तथा कलाकार जयनन्द लामाको निधन
२०७८ फागुन ११ गते

काठमाडौँ । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा उनको निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिए ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। उनले कलकत्ते काइँयो लगायतका सयाैँ चर्चित गीतहरू गाएका छन् । उनी पछिल्लो समय चलचित्र अभिनयमा पनि व्यस्त थिए ।
उनी नेपाली लोकदोहोरीको रियरिलटी शो ‘नेपाल लोकस्टार’को निर्णायकको भूमिकामा आबद्ध थिए ।
लामा लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरेका थिए।
उनका केही हिट गीतहरू यस्ता छन्
सौजन्य : म्यूजिक नेपाल
२०७८ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








