आयरल्यान्ड र युएई टी-ट्वेन्टी विश्वकपमा छनोट

काठमाडौँ । आयरल्यान्ड र युएई टी ट्वेन्टी विश्वकप क्रिकेटका लागि छनोट भएका छन् । मंगलबार भएका सेमिफाइनलमा युएईले नेपाललाई र आयरल्यान्डले ओमानलाई हराउँदै विश्वकप २०२२ का लागि छनोट भएका हुन् ।

युएईले नेपाललाई ६८ रनले हरायो । यस्तै आयरल्यान्डले घरलु टिम ओमानलाई ५६ रनले हरायो ।

प्रतियोगिताको फाइनलमा ओमान र आयरल्यान्ड खेल्नेछन् ।

यससँगै टी ट्वेन्टी विश्वकप २०२२ खेल्ने नेपाल र ओमानको सम्भावना पनि समाप्त भएको छ । यसपटकको टी-ट्वेन्टी विश्वकप आगामी अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *