एमसीसीबारे वामदेव- ‘नेपालले महाशक्ति राष्ट्रकाे अधीनस्थ हुनुपर्ने खतरा बढ्याे’

काठमाडाैँ । पूर्वएमाले नेता एवम् राष्ट्रिय सभा सदस्य वामदेव गाैतमले एमसीसीमा हस्ताक्षर गर्ने नेताहरूलाई नेपाली जनताले कारबाही गर्ने बताएका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी नेता गाैतमले यस्ताे बताएका हुन् । ‘यस्ताे खतरनाक विषयलाई आँखा चिम्लेर नेपालकाे संविधानलाई बेवास्ता गर्दै हस्ताक्षर गर्ने व्यक्तिलाई अहिले नसके पनि नेपाली जनताले कुनै न कुनै दिन कारबाही गर्नेछन्,’ नेता गाैतमले भनेका छन् ।

नेता गाैतमले एमसीसीका कारण नेपालले कुनै दिन महाशक्ति राष्ट्रकाे अधीनस्थ हुनुपर्ने खतरा बढेकाे ‍औंल्याएका छन् । ‘एमसीसी परियाेजनाकाे मूल दस्तावेज र त्यसका सहायक दस्तावेजहरूलाई अध्ययन गर्दा इतिहासमा कहिल्यै कसैकाे उपनिवेश हुन नपरेकाे शान्तिप्रिय देश नेपाल अब कुनै महाशक्ति राष्ट्रकाे अधीनस्थ हुनुपर्ने हाे कि भन्ने खतरा उत्पन्न गराइएकाे छ,’ नेता गाैतमले भनेका छन् ।

एमसीसी संसद्‌मा पेश गर्नुले यो सकार जनताप्रति इमान्दार नरहेको स्पष्ट भएकाे नेता गाैतमकाे भनाइ छ । उनले भनेका छन्— ‘यो सम्झौतालाई परिभाषित गर्ने संघीय कानून नबनिरहेको र देशव्यापी रूपमा जनताले विरोध गरिरहेको अवस्थामा संसद्‌बाट अनुमोदन गराउन प्रतिनिधि सभासमक्ष प्रस्तुत गर्नाले पनि यो सरकार नेपाल र नेपाली जनताप्रति इमान्दार छैन भन्ने कुरा स्पष्ट भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *