विश्वकप छनोट : दिपेन्द्र र ज्ञानेन्द्र आउट भएसँगै नेपाल दबाबमा

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा युएईले दिएको १७६ रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ ।

ठूलो लक्ष्य पछ्याएपनि पहिलो ओभरमै २ विकेट गुमाएर दबाबमा परेको नेपालका ब्याटरहरुले खुलेर खेल्नै सकेनन् ।

१३ औँ ओभरमा लगातार २ बलमा ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंंह ऐरी आउट भएपछि नेपाल कठिन अवस्थामा पुगेको हो । १३ औँ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाएर ८७ रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *