नेपाललाई चौथोे झट्का, आरिफ आउट

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा युएईले दिएको १७६ रनको लक्ष्य पछ्याइरहेको नेपालले सामान्य प्रदर्शन गरिरहेको छ ।

आठौँ ओभरको खेल चल्दै गर्दा नेपालले ४ विकेट गुमाएर ५० रन बनाएको छ । चौथो विकेटका रुपमा आरिफ शेख ११ रनमा आउट भएका छन् ।

१४ रन जोड्न ३ विकेट गुमाएको नेपालका तेस्रो विकेटका रुपमा कुशल भुर्तेल ७ रनमा आउट भए । नेपालले पहिलो ओभरमै २ विकेट गुमाएको थियो । ओपनर आसिफ शेख शुन्य रनमा आउट भए भने लगत्तै अर्को बलमा लोकेश बम पनि आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *