नेपालको तेस्रो विकेट पतन

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा युएईले दिएको १७६ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब शुरुवात गरेको छ ।

नेपालले तेस्रो ओभरसम्ममा १४ रन जोड्न ३ विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा कुशल भुर्तेल ७ रनमा आउट भएका छन् । नेपालले पहिलो ओभरमै २ विकेट गुमाएको थियो । ओपनर आसिफ शेख शुन्य रनमा आउट भए भने लगत्तै अर्को बलमा लोकेश बम पनि आउट भए । पहिलो ओभरमा नेपालले ३ रन जोड्न २ विकेट गुमाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *