एमसीसीको पक्षमा मतदान नगर्नेले सरकार छाेड्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीकाे पक्षमा मत नदिने सत्ता साझेदार दलले सरकार छाेड्नुपर्ने बताएका छन् । ।

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले सरकारमा सहभागी रही सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यावहारिक हुने र एमसीसीकाे पक्षमा मतदान नगरे माओवादी र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका हुन् ।

उनले भने,‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छौँ भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसाैँ । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन ।’

हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उनले छलफलपछि सबैले एमसिसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *