नेप्सेमा १७ अंकको वृद्धि, जलविद्युत् कम्पनीतर्फ लगानीकर्ता आकर्षित

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार परिसूचक(नेप्से) १७.४२ अंकले बढेर २७३५.९३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक समेत यस दिन ४.३६ अंकले बढेर ५२३.१५ अंकमा पुगेको छ ।

यस दिन ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८ सय २२ रुपैयाँमा २ सय २८ कम्पनीकाे ६० लाख ८१ ह्जार ६ सय २ कित्ता सेयर बारोबार भयो । कारोबारमा आएका कम्पनीहरु मध्ये १३१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ५० ओटा कम्पनीको सेयर मूल्य घटेको छ ।

यस दिन मैलुङखोला जलविद्युत्, युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावर, सामलिङ पावर, तेह्रथुम पावर, बरुण हाइड्रो, घलेम्दी हाइड्रो, न्यादी हाइड्रो जस्ता जलविद्युत् कम्पनीहरुको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ ।

खास गरी प्रसारण लाइन पूर्वाधार निर्माणमा सघाउने एमसीसी अनुदान सहयोग सम्झौता संसदमा टेबुलभएपछिका दिनमा जलविद्युत् कम्पनीतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ ।
कारोबारका हिसाबले पनि यस दिन कारोबार कित्ता र रकममा जलविद्युत् क्षेत्रकै कम्पीहरुको बाहुल्यता देखिएको छ । साहस ऊर्जा, मध्ये भोटेकोसी, न्यादी, अरुण भ्याली, नेशनल हाइड्रो जस्ता कम्पनीको सेयर धेरै बिक्री भएको छ ।

सिभिल लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स, जस्ता कम्पनीको सेयर मूल्य घटेको छ ।

यस दिन कम्पनीको १३ वटा समूहगत सूचक मध्ये ११ वटा समूहको सूचक हरियो भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *