सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औँ शाखा दाङकाे गढवामा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दाङको गढवा गाउँपालिका–६ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले सोमबार सो शाखा सञ्चालनमा ल्याएको हो । गढवा शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने बताइएको छ ।

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ । शाखा कार्यालयको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरले गरेको बैंकले जनाएको छ। बाट गराइएको जानकारी गराउन चाहन्छु ।

बैंकले ग्राहकलाई विभिन्न बैंकिङ्ग सुविधा दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको जनाएको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन गराएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *