सुर्खेत विमानस्थल विस्तार हुने, स्थानीय र प्रदेश सरकारबीच सहमति

सुर्खेत । लामो समयदेखि विवादमा रुमलिएको सुर्खेत विमानस्थलको विस्तार हुने भएको छ । कर्णाली प्रदेश सरकार र स्थानीय समुदायबीच कुरा नमिल्दा लामो समयदेखि विमानस्थल विस्तार एवं स्तरोन्नतिको कार्याले गति लिन सकेको थिएन ।

तर, केही समय अगाडि कर्णाली सरकार र स्थानीयसँग भएको छलफलले सहमती जुटाएपछि विमानस्थल विस्तारमा स्थानीयको अवरोध तत्कालका लागि हट्ने भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको विमानस्थल विस्तारका लागि स्थानीय समुदायसँग छलफलका लागि बसेको प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही लगायतको टोली विमानस्थल विस्तारमा सहमत भएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा भएको सरोकारवालासँग छलफलमा विमानस्थल विस्तारबाट प्रभावित क्षेत्रका स्थानीयहरूले विमानस्थल विस्तारमा सहमत जनाएका मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार उत्तरतिरबाट विमानस्थलको विस्तार गर्ने र प्रदेश सरकारबाट प्रभावित क्षेत्रमा पर्ने विद्यालय, सामुदायिक भवन बनाउने र प्रभावित क्षेत्रका बासिन्दालाई उचित क्षतिपूर्ति दिने प्रतिवद्धता मन्त्रालयले जनाइएको छ । उक्त सहमतिपछि भने विमानस्थलको निर्माण कार्यले गति लिने रविमानस्थलको धावनमार्ग एक हजार ५ सय मिटर हुने बताइएको छ ।

सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्यन प्राधिकरणबीच विसं २०७७ असोज १५ गते सम्झौता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *