३६ रनमा समेटियो फिलिपिन्स

काठमाडाैँ । टी-२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत समुह ‘बी’को अन्तिम खेलमा ओमानले फिलिपिन्सलाई ३६ रनमानै समेटेको छ । सेमिफाइनल पुग्नका लागि फराकिलो जितको खोजीमा रहेको ओमानले फिलिपिन्समाथि रवाफिलो बलिङ गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको फिलिपिन्सका लागि कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेन्न । ओमानका खवार अलीलले सर्वाधिक ४ विकेट लिए । त्यस्तै कलिमुल्लाह, फयाज बट र अमिर कलिमले समान २-२ विकेट लिए। केहि समयपछि ओमान ३७ रनको वजयी लक्ष्य लिएर जवाफी ब्याटिङका लागि मैदान उत्रिँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *