थप ३८८ जनामा कोरोना संक्रमण, देशभर ११,२८२ जना सक्रिय संक्रमित

काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १,२०५ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । याेसँगै हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ९२५ पुगेको छ।

हालसम्म संक्रमितमध्ये ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् भने ११ हजार २८२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *