रामचन्द्रलाई प्रचण्डले भने- ‘गठबन्धन टुट्दैन’

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन नटुट्ने बताएका छन् । साेमबार कांग्रेस नेता रामचन्द्र पाैडेललाई आफूले यही भनेर विश्वस्त पारेकाे उनले बताए । पाैडेलसँगकाे भेटपछि प्रचण्डले भने— ‘एमसीसीकै कारण गठबन्धन टुट्दैन, मैले यहीँ भनेर उहाँ पाैडेलजीलाई विश्वस्त बनाएँ । याे टुट्दैन ।’

एमसीसी संसदीय प्रक्रियमा रहेकाे र त्यहीँबाट टुङ्गाे लाग्ने उल्लेख गर्दै प्रचण्डले पाँचदलीय गठबन्धन नटुट्ने बताएका हुन् । नेता पाैडेल साेमबार प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए ।

यसअघि माओवादी केन्द्रले राष्ट्रिय सहमतिबिना एमसीसी संसद्‌मा टेबुल भए सरकारबाट बाहिरिने नीतिगत निर्णय गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =