ओलीकाे टिप्पणी

‘सरकारमा रहेका दलहरू बाटाे भत्काएर क्रान्ति गर्दैछन्’

सरकार तमासा देखाउनबाहेक केही जान्दैन

काठमाडाैँ । एमाले अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका दलहरूले तमासा देखाउनबाहेक केही नजाने बताएका छन् । साेमबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘सरकारमा रहेका दलहरू तमासा देखाउनबाहेक केही जान्दैनन्,’ ओलीले भनेका छन्, ‘जनता उनीहरूका तामासा हेर्दा हेर्दा भएका छन् ।’

सरकारमा रहेका दलहरूले बाटाे भत्काएर क्रान्ति गर्न खाेजेकाे भन्दै ओलीले व्यङ्ग्यसमेत गरे, भने— ‘उनीहरू बाटाे भत्काएर क्रान्तिकारी बनिरहेका छन्, बाटाे-सडक भत्काएर क्रान्ति गर्न मच्चिँदैछन् ।’ फागुन ८ गते एमसीसीविराेधी र प्रहरीबीच बानेश्वरमा भएकाे झडपलाई लक्षित गर्दै ओलीले भने, ‘एकथरीलाई सडकमा जाउ भन्छ सरकार, अर्काेथरीलाई सदनमा बाेलाउँछ । त्यसपछि झनै तमासा देखाउँछ ।’

सरकारकाे पछिल्लाे कदम षड्यन्त्रपूर्वक रहेकाे ओलीले औंल्याए । ‘एमसीसी टेबुल गरेर षड्यन्त्र गर्ने, एमसीसी पास गरेर षड्यन्त्र गर्लान्, एमसीसीमा सही गरेर षड्यन्त्र गरेका थिए । एमसीसी टेबुल हुँदा छेउमा बसेकालाई नारा लगाउ लगाउ भन्ने । यतापट्टि बसेकालाई उठ उठ भन्ने अनि उतापट्टि बसेकालाई उठ उठ भन्ने । याेभन्दा बढी अहिलेकाे सरकारले केही जानेकाे छैन ।’

यस्तै ओलीले प्रहरीहरूमाथि सरकारकै मान्छेहरूले हमला बढाएकाे आराेप लगाए । गृहमन्त्रीले लाठ्ठी नहान्न निर्देशन दिएकाेले प्रहरीहरू बढी घाइते भइरहेकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया

One thought on “‘सरकारमा रहेका दलहरू बाटाे भत्काएर क्रान्ति गर्दैछन्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =