सेयर बजारमा २५ अंकको वृद्धि, ३ अर्बको कारोबार

काठमााडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन सेयर बजार परिसूचक(नेप्से) २५.४१ अंकले बढेर २७१८.५१ बिन्दुमा पुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबारको सूचक सेन्सेटिभ इन्डेक्स समेत ५.१५ अंकले बढेर ५१८.७९ बिन्दुमा पुगेको छ । आइतबार बजार ३९ अंकले घटेको थियो । सोमबार भने दोहोरो अंकले बढेको हो ।
यस दिन २२४ कम्पनीका ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन कम्पनीहरुका १३ ओटै समूहगत सूचक बढेका छन् । १५४ कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको सेयर मूल्य घटेको छ ।

सबैभन्दा बढी युनाइटेड आईडीआई मादी आरबी होइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, गुराँस लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, बुद्धभूमि नेपाल हाइड्रो, साहस ऊर्जालगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

कालिका लघुवित्त, ग्रामीण विकास लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *