मदिरा व्यवसायी अमित अग्रवाल बैंकिङ कसुरको आरोपमा पक्राउ

काठमाडौँ । मदिरा व्यवसायी अमित अग्रवाल बैंकिङ कसुर गरेको आरोपमा पक्राउ परेका छन् । काठमाडौँको कान्तिपथ र दरबारमार्गस्थित मदिराको रिटेल बिक्री केन्द्र ग्रीनलाइन सेन्टरका सञ्चालक रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार शुक्रबार पक्राउ परेका व्यवसायी अग्रवालमाथि म्याद थप गरी हाल अनुसन्धान चलिरहेको छ ।

मदिरा पसल सञ्चालन गर्दै आएका अग्रवालले ४ वटा बैंक, मिटर ब्याजमा ऋण दिने व्यक्तिबाट लिएको ऋणको साँवाब्याज तिर्न नसकेपछि २२ पुसमा परिवारका ९ सदस्यसहित अग्रवाल गरेर बेपत्ता बनेका थिए । केही दिनपछि नेपाल फर्किएर उनले पत्रकार सम्मेलन गरी आफ्नो सम्पत्तिबो बैंकको ऋण तिर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । बैंकहरुले भने उनले धितोमा राखेको पसलगयात जायजेथामा आफ्नो कब्जा भएको भन्दै सूचना टाँस गरेका थिए ।

याे पनि– मदिरा व्यवसायी अभिषेक र अमित अग्रवाल डेढ अर्ब ऋण लिएर फरार

सञ्चालक अग्रवालले ऋण तिर्नुपर्ने व्यवसायी सञ्जय अधिकारी र टंक समसेर जबरालाई दिएको चेक बाउन्स भएपछि उनीहरुकै उजुरीका अधारमा प्रहरीले बैंकिङ कसुरमा अग्रवाललार्य पक्राउ गरेको हो ।

अग्रवाल परिवारै आफन्तसँग सम्पर्कविहीन भएपछि अमितकी बहिनी रजनी अग्रवालले पुस २३ गते खोजी गरिदिन महानगरीय प्रहरी वृत्तमा निवेदन दिएकी थिइन् । प्रहरी उनको खोजीमा सक्रिय भएको थियो । माघ २७ गते अग्रवाल काठमाडौँ आएर परिवारका सदस्य विरामी परेकोले सम्पर्कमा बस्न नसकेको बताएका थिए ।

अग्रवालले एभरेष्ट, मेगा, ग्लोबल आइएमइ र नेपाल इन्भेष्टमेन्ट बैंकबाट कुल ८० करोडभन्दा बढी ऋण लिएका छन् । उनले आफ्नो सम्पत्ती बिक्री गरेर बैंक तथा व्यक्तिको ऋण तिर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nine =