बंगलादेशले कोभिडविरुद्धका प्रतिबन्ध नलम्ब्याउने

ढाका । बंगलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरू अब नलम्ब्याउने जनाएको छ । यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका छन् । उनले अब बंगलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरूको समय नथप्ने जानकारी दिएका हुन् ।

बंगलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्धहरू लगाएको थियो । विद्यालय, विश्वविद्यालयहरू देखि होटलहरू बन्द गर्ने देखि लिएर सार्वजनिक स्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्धहरू लगाइएको छ ।

ती प्रतिबन्धहरूको समय यही फेब्रुअरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको जानकारी उनले दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *