एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
२०७८ फागुन ९ गते

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । एमसीसी संसद्मा टेबल भएपछि पार्टीको धारणा तय गर्न सचिवालय बैठक बोलाइएको हो ।
बैठक दिउँसो १ बजेपछि बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने तर यथास्थितिमा अनुमोदन गर्न नहुने निर्णय गरेको थियो ।
एमसिसी सम्झौता आइतबारको संसद् बैठकमा टेबल भएपछि अध्यक्ष माधवकुमार नेपालले आफूहरू यसअघिको बैठकको निर्णयमा अडिग नै रहेको बताएका थिए । नेता झलनाथ खनालले भने चर्को असन्तुष्टि जनाएका थिए ।
२०७८ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








