किन महत्त्वपूर्ण छ ‘जन्म योजना’ ?

यदि दम्पतीले भविष्यमा बच्चा जन्माउन चाहन्छ भने, उसले आफ्नो बच्चाको लागि कस्तो डाइपर लगाइदिने, कस्ता ओढ्ने/ओढाउने र बच्चाको नाम के राख्ने भन्नेजस्ता कुरामा पनि योजना बनाएको हुन्छ । यसरी बच्चा जन्मनु अघि नै बनाउने योजनाले बच्चा जन्माउन र जन्मिसकेपछिको अवस्थालाई सहज बनाउन मद्दत पुग्छ । यस्तो योजनाले गर्भवती र उनलाई हेरचाह गर्नेहरूबीच दुईतर्फी सञ्चार गराउन सहयोग पुर्‍याउँछ । जसलाई जन्म योजना भनिन्छ ।

‘जन्म योजना’ किन आवश्यक छ ?
जन्म योजनाले प्रसव पिडामा रहेकी आमाका इच्छालाई उनलाई हेरचाह गर्ने समूहसम्म पुर्‍याउन सघाउँछ । जन्म योजनाले प्रसवको समयमा उपलब्ध सबै विकल्पबारे जानकारी गराउँछ । यो योजनाले गर्भवतीको प्राथमिकतामा रहेको विकल्पबारे समेत सूचित गराउँछ ।

के जन्म योजनाबारे लेखेर राख्न आवश्यक छ ?
जन्म योजना बनाउँदै हुनुहुन्छ भने आफै कुनै डायरीमा लेखिराख्नु पर्दैन । धेरै अस्पतालले एउटा फाराम वा पुस्तिका नै उपलब्ध गराएको हुन्छ । यसमा आफ्नो जन्म योजना भर्ने सुझाव दिइएको हुन्छ ता की गर्भावस्थामा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्यकर्मीलाई सबै कुराको जानकारी होस् । जस्तै चिकित्सकले गर्भावस्था उच्च जोखिमपूर्ण भनेको छ भने त्यही अनुसार अरू योजना बनाउने ।

जन्म योजनामा यी कुराहरू समावेश हुनैपर्छ
यदि गर्भवतीको मस्तिष्कमा मेरो बच्चा यो तरिकाले जन्माइयोस् भन्ने सोच छ भने पनि योजना बनाएर नलेखेसम्म स्वास्थ्य सुविधा उपलब्ध गराउने समूहलाई जानकारी हुँदैन । त्यसैले तलका प्रश्नको उत्तर जन्म योजना बनाउँदा समावेश हुनैपर्छ ।

  • सुत्केरी हुने कोठामा कसलाई प्रवेश गराउने ?
  • दुखाई व्यवस्थापनको लागि औषधी प्रयोग गर्ने वा नगर्ने, यदि गर्ने हो भने कुन औषधी प्रयोग गर्ने ?
  • प्राकृतिक रूपमा बच्चा जन्माउने वा सहजताको लागि अरू कुनै विकल्प प्रयोग गर्ने ?
  • प्रसवमा एकलै रहने वा सहायता चाहिने ?
  • हाइड्रोथेरापी चाहने वा नचाहने ?

बच्चा जन्मिसकेपछि कुन काम कसले गर्ने प्राथमिकताको सूची बनाउनुहोस्
बच्चा जन्मने बित्तिकै जन्म योजनाको सबै काम पूरा हुँदैन । शिशु र आमा अस्पतालमा रहुन्जेलसम्म स्वास्थ्य सेवा प्रदान गर्ने समूहलाई अरू कुरा पनि थाहा हुन जरुरी छ । जस्तो कि कसले बच्चाको नाभि कसले काट्ने, बच्चाको डाइपर कसले फेर्ने, बच्चालाई पहिलोपल्ट कसले नुहाइदिने जस्ता कुराहरू । थप कुरा भनेको आफ्नो बच्चालाई पहिलो पटक कसरी खाने कुरा खुवाउने भनेर पनि योजनामा उल्लेख गर्नु आवश्यक छ । बच्चालाई पहिलो पटक दूध चुसाउँदा वैज्ञानिक तरिकालाई प्रोत्साहन गरे पनि कुनै परम्परागत कुरालाई समावेश गर्नुपर्ने नै भए पनि गर्न सकिन्छ ।

आफ्नो योजना अरूले अनुसरण गर्ने खालको बनाउने
जन्म योजना भनेको गर्भवती र आमा बनिसकेपछि यस्तो भइदियोस् भन्ने चाहाना हो । यस्तो योजना बनाउँदा सकेसम्म स्वास्थ्य सेवा दिने समूहले अवलम्बन गर्ने खालको बनाउनुपर्छ । यदि योजना सही नभएमा चिकित्सकको समूहले त्यसलाई नजरअन्दाज गर्नुपर्ने हुनसक्छ । डेलिभरीको मुख्य उद्देश्य भनेको स्वस्थ आमा र बच्चा हुने गरी डेलिभरी सम्पन्न गराउने भन्ने हुन्छ । यो उद्देश्यलाई टेवा दिने र अरूले पनि अपनाउने खालको जन्म योजना बनाउनुपर्छ ।

मायो क्लिनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *