सरकार छाडाैँ भन्ने सांसदलाई प्रचण्डले भने- ‘केही समय पर्खिउँ’

काठमाडाैँ । माओवादी केन्द्रले केही समय सरकार नछाड्ने भएकाे छ । सांसदहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सरकार छाड्न माग गरेका थिए । यसअघि पार्टीकाे स्थायी समिति बैठकले पनि पार्टीकाे अडानविपरीत एमसीसी संसद्‌मा टेबुल भए सरकार छाड्ने निर्णय गरेकाे थियाे । तर, अहिले भने अध्यक्ष प्रचण्डले तत्काल सरकार छाड्न नहुने बताएकाे एक नेताले बताए । ती नेताले मकालुखबरसँग भने— ‘उहाँ अध्यक्ष कमरेडले केही समय पर्खेर हेराैँ भनेर भन्नुभएकाे छ ।’

यसअघि बिहान बसेकाे सत्ता गठबन्धनकाे बैठकमा एमसीसी टेबुल गर्ने सहमति बनेकाे थियाे । यसपछि दिउँसाे बसेकाे प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल भएकाे थियाे । यसपछि प्रचण्डले माओवादी एमसीसीकाे विपक्षमै रहेकाे भनेर प्रष्टाेक्ति दिएका थिए ।

यसपछि केही सांसदहरूसँगकाे छलफलका क्रममा प्रचण्डले तत्काल सरकार छाडिहाल्न जायज नहुने ब्रिफिङ्ग गरेका हुन् । तत्काल सरकार छाडिहाले जे पनि हुनसक्ने बताउँदै प्रचण्डले भनेका छन्, ‘केही समय पर्खेर हेर्नैपर्छ । अहिल्यै तात्ताताे रूपमा निर्णय लिँदा कहिलेकाहीँ आत्मघाती हुनसक्छ । केही समय पर्खेर हेराैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =